दुइ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

दुइ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार (फागुन १८ गते) अन्तिम दिन रहेको छ ।

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर र कर प्रयोजनहित ११.०५२५ नगद लाभांश गरी कुल २१.०५२५ लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सेभेन स्टार सौराहा, चितवनमा बिहान ११ बजेबाट आव्हान गरेको हो ।

डिप्रोक्स लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोज शुक्रबार (फागुन १९ गते) बुक क्लोज गर्दैछ । सपोर्ट लघुवित्तले भने आइतबार फागुन २१ बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश लिन पनि आज नै सेयर खरिद गर्नुपर्छ ।

सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ११५ बोनस सेयर र कर तिर्न ०.५७५ नगद लाभांश गरी कुल ११.५७५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट आव्हान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्