८ श्रावण २०८३, शुक्रबार

इन्फिनिटी लघुवित्तको कोहरपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कम्पनीले कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । सो कार्यक्रममा ८२ जना समुह अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्गसंग सम्वन्धि विषयको बारेमा जानकारी गराएका थिए । शाखामा भएका कुल १९३ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख सञ्जिता कुमारी चौधरीले जानकारी दिएकी थिइन् । कार्यक्रममा हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानको लागि समिति समेत गठन गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्