महिला लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आज (फागुन २१ गते) बस्दैंछ । सभा आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ७५ लाखको आधारमा ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने समेत सभाको कार्य सूची रहेको छ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरेको हुदाँ फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।