उपकार लघुवित्तमा ४ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा ४ संचालक निर्विरोध निर्वाचित भएका छन् ।
फागुन १८ गते बिहीवार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट र्२ जना गरी चार संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
संचालकमा शान्ती देवी ढकाल, चन्द्रकला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्यात सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।