नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो ।