एनआईसी एशिया लघुवित्तका सेयरधनीलाई छैन बोनस सेयर, नगद लाभांश मात्रै बाड्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन २१ गते आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १४.७५ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको छ । तर, बोनस सेयर भने वितरण नगर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।