ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०औँ बार्षिक साधारण सभामा भोलि (फागुन २४ गते) बस्दैंछ ।
सभा बेस्ट रिर्सोट नेपाल प्रा।लि लेकसाइड पोखरामा बिहान ९ ०० बजे बस्ने आव्हान गरेको हो ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आव २०७८÷०७९ आषाढ मसान्त सम्मको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशतले हुने बोनस र ८ प्रतिशत नगद लांभास वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल र लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८÷०७९ को आषाढ मसान्तसम्मको वासलात, नाफा÷नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन तथा सोही अवधिको नगद प्रवाह विवरण र लेखा सम्बन्धी नीतिहरु सम्बन्धी अनुसूचीहरु उपर छलफल गर्ने कार्यसूचि समेत रहेको छ ।

कम्पनीले आ।व। २०७९÷०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । वित्तीय संस्थाको सर्वसाधारण समूह समूह ख अन्र्तगत २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि फागुन १६ गतेको दिन बुक क्लोज गदै छ ।


प्रतिक्रिया दिनुहोस्