१० श्रावण २०८३, आइतबार

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा चैत १६ गते, यस्ता छन् एजेण्डा

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा चैत १६ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज, पर्सामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि०.१७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले यस अघि ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।