सबैको लघुवित्तको छैठौं साधारण सभा भोली

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा फागुन २६ गते बोलाएको छ । सञ्चालक समितिको बैठकले सभा मस्र्याङदी रिभर भ्यू रिसोर्ट बन्दिपुर ५ तनहुँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।
सभाले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनीले घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा फागुन ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।