इन्फिनिटी लघुवित्तले गर्यो साक्षरता कार्यक्रम « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

इन्फिनिटी लघुवित्तले गर्यो साक्षरता कार्यक्रम



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सुर्खेत स्थित होटल बुलबुलेको सभाहलमा १६१ जना समूह अध्यक्षहरुको उपस्थितिमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धि विषयमा प्रशिक्षित गरेका थिए । शाखामा भएका कुल १८२ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति समिति गठन गरिएको थियो थियो ।

साथै, कार्यक्रममा मध्यपश्चिम विश्व विध्यालयका प्राध्यापक कमल बहादुर सिंहको समेत उपस्थिति रहेको थयो ।


प्रतिक्रिया दिनुहोस्