२० प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त गर्ने कार्य सूची समेत सभाको कार्यसूचीमा समावेश गरीको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।