१० श्रावण २०८३, आइतबार

एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

गत वर्ष १४.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।