सिभिल लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडले ठमेललाई नियुक्त गरेको हो ।
अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज गर्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलबाट हुनेछन् ।
साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत १ गते देखि ७ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।