भोलिसम्म कायम सेयरधनीहरुले मात्र प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने
भोलिसम्म कायम सेयरधनीहरुले मात्र प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि०.१७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २१औं वार्षिक साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज, पर्सामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले यस अघि ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो ।













