स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ३ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि चैत ११ गते शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी छैठौं साधारण सभा आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्