कान्तिपुर टेलिभिजनको साधारण सभा चैत १७ गते , प्रिमियम आईपीओ निष्कासन गर्न प्रस्ताव
काठमाडौं । चैत १७ गते कान्तिपुर टेलिभिजन नेटवर्कले साधारण सभामा बोलाएको छ ।
चैत १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा अपरान्ह १ बजे आव्हान गरेको छ ।
उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने र सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गर्ने विषयलाई छलफल गरि पारित गर्नेछ ।













