मर्जर प्रक्रियामा रहेको साना किसान विकास लघुवित्तको साधारण सभा कहिले ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मर्जर प्रक्रियामा रहेको साना किसान विकास लघुवित्तको साधारण सभा कहिले ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६८ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।सभाले आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पारित गर्ने मुख्य एजेण्डा राखेको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने सभाको कार्य सूची रहेको छ ।

सभा प्रयोजनको लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको हुदाँ फागुन २५ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्