नेप्सेमा एक लघुवित्तको ३९ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ४ प्रतिशत बोनस बापतको ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।