महालक्ष्मी लाइफले नविकरण बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नविकरण बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ ।
कम्पनीबाट जारी भएका बीमालेखहरु मध्ये नविकरण बीमाशुल्क भुक्तानी गनुपर्ने मिति २०७७ फागुन १० गते देखि फागुन २०७९ फागुन ९ गते भित्र भएका बीमालेखहरुको नविकरण बीमा शुल्क चैत ९गते भित्र बुझाउन भनेको हो ।
सो मिति भित्र भुक्तानी गरी बीमा सूचारु गरेमा सो मितिहरु भित्र भुक्तानी गर्नु पर्ने नविकरण बीमा शूल्कका साथ लाग्ने बिलम्ब शुल्कमा २५ प्रतिशत छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।
