सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा वैदवार नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विरेन्द् वैदवार क्षेत्री नियुक्ति भएका छन् ।
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको कम्पनीको नयाँ सीईओमा वैदवार नियुक्ति भएका हुन् । कम्पनी सञ्चालक समितिले वैदवारलाई सीईओ बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेको हो ।
गत फागुन १७ गतेबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको हो ।