खरिद गर्ने होइन त सूर्योदय वोमि लघुवित्तको सेयर ? « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

खरिद गर्ने होइन त सूर्योदय वोमि लघुवित्तको सेयर ?



काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनी निलम कुमार जिटीको ३ हजार र प्रकाश थापा मगरको ४ हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कपोरेट कार्यालय ललितपुरमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डममा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्