नाडेप लाघुवित्तको साधारण सभा आज बस्दैछ

काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बुधबार बस्दैछ । सभा नैविसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुुका साथै चालु आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने छ ।
साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज भएको हुदाँ फागुन १८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२६ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेको थियो । बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको छ ।