आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, के के छन् एजेण्डा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, के के छन् एजेण्डा



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटटेडले सातौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । सभा बनेपा भैन्यु बनेपा ८ काभ्रेपलाञ्चोकमा ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साथै, अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने वा संस्थागत गाभिने, गाभ्ने। गाभिने वा प्राप्ति गर्ने । प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीको चैत २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ चैत १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्