तपाईको खातामा ग्लोबल आइएमई लघुवित्तको लाभांश आयो ? छैन भने के गर्ने !
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको नगद लाभांश सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीको फागुन २४ गते वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतितशत (कर सहित) नगद लाभांश फागुन २८ गतेदेखि वितरण सुरु गरेको हो ।
साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा गर्ने भएको हुदाँ हालसम्म खाता अद्यावधिक नगराएका सेयरधनीहरुले यथाशिग्र अद्यावधिक गर्ने कम्पनीले भनेको छ ।


















