नेप्सेमा नयाँ सारथी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नयाँ सारथी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ७ सय ४६ रुपैयाँको आधारमा नेप्से १९ प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ६ सय २६ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।
अब कम्पनीको सेयर मूल्य बुधबार चैत १५ गते देखि दोस्रो बजारमा कारोकार आउनेछ ।