नागरिक लगानी कोष र आईएमई लाइफबिच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र आईएमई लाइफबिच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति सम्झौता भएको छ ।
प्रत्याभूति कर्ता नियुक्त सम्वन्धी सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन ।
उक्त इन्सोरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने भएको छ ।













