शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस तपाईको डिम्याट खातामा आयो ? छैन भने के गर्ने !
शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस तपाईको डिम्याट खातामा आयो ? छैन भने के गर्ने !
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस जम्मा गर्ने सुरु गरेको हो ।
कम्पनीको माघ २५ गते सम्पन्न साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनस सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । माघ १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर सम्बन्धिकत खातामा जम्मा गरेको हो ।
साथै, सेयर अभौतिकरण गरे पश्चात मात्र सेयरधनीको खातामा बोनस जम्मा हुने भएको कारण हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ ।













