किन्ने होइन त किसान लघुवित्तको ८ हजार कित्ता सेयर ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

किन्ने होइन त किसान लघुवित्तको ८ हजार कित्ता सेयर ?



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्था समूह तर्फको ८ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका तीन जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय धनगढी कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ मण्डीखाटार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै,तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ । सेयर अभौतिकीकरण गरे पछि मात्र सम्बन्धिक सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा हुने छ ।


प्रतिक्रिया दिनुहोस्