दुई कम्पनीको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिजय लघुवित्त र कालिका लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।
बिजय लघुवित्तको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ७ सय ९० रुपैयाँको आधारमा नेप्से २० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ६ सय ५८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।
साथै, कालिका लघुवित्तको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ७ सय ८५ रुपैयाँको आधारमा १९ प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । समायोज पछि कम्सनीले सेयर मूल्य ६ सय ५९ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
अब कम्पनीको सेयर मूल्य बुधबार चैत १६ गते देखि दोस्रो बजारमा कारोकार आउनेछ ।