साहुको कर्जा तिर्न नसकेर हलिया बस्नु परेको अवस्थामा लघुवित्तले जिविकोपार्जन गर्ने सिकायो: सीइओ न्यौपाने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण प्रसाद न्यौपाने साहु महाजनको कर्जा तिर्न नसकेर, कमलरी, हलिया बस्नु परेको अवस्थामा लघुवित्त संस्थाले जिविकोपार्जन गर्दै उघमी बनाउन महत्वपुर्ण भुमिका खेलेको बताका छन् ।
कम्पनीको चालु आर्थिक बर्षको समिक्षा तथा अभिमुखीकरण तथा शाखा व्यवस्थापन तालिममा उनले बिपन्न बर्गका महिलाहरुको जिविकोपार्जन गर्न दुरदराजमा गएर लघुवित्तले कार्यक्रम बिस्तार गर्नु आफैमा गौरवको बिषय रहेको बताएका हुन ।
सीइओ न्यौपानेले पछिल्लो समय लघुवित्त कार्यक्रममाथि प्रहार हुनुका साथै संस्थाका जिम्मेवार व्यक्तिहरुको व्यक्तिगत आचरणलाई लिएर बदनियत गर्ने तत्वहरुको हालीमुहाली रहेको बताए । कर्मचारीहरुलाई अराजक गतिबिधीको वेवास्ता गर्दै, अनुशासित भएर संस्थामा आबद्ध ग्राहकहरुलाई सकरात्मक बनाई आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन समेत दिएका छन् ।
संस्थाका योजना तथा अनुसन्धान विभाग प्रमुख नारायण रोकाले संचालन गरिएको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तुल्सी थापाले महिला लघुवित्तमा आवद्ध कर्मचारीहरु वित्तीय अनुशासनमा विशेष ध्यान दिन आग्रह गरिन ।
अध्यक्ष थापाले लघुवित्तबाट लिईसकेको कर्जा सदस्यले म तिर्दिन भन्न नपाईने कानूनी व्यवस्था रहेको बताईन । गोर्खाली इतिहास बोकेको नेपालीले लिएको कर्जा तिर्दैन भन्न नैतिकताले पनि नसुहाउँने अध्यक्षले सनाई । सोहि प्रशगंमा अध्यक्ष थापाले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाबारे विभिन्न भ्रम पैदा भएको भएपनि विस्तारै सिथिल हुदैजाने बताई । साथै उहाँले संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनको लागि समय समयमा तालिम समेत प्रदान गर्ने समेत आश्वासन दिईन ।
मुख्य प्रशिक्षकको भुमिका राजु नेपालले निर्वाह गरेको थिए । तालिममा बिभागीय प्रमुखहरुले आ–आफ्नो बिभागको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा ४५ जनाको सहभागीता रहेको संस्थाका योजना अनुसन्धान तथा विकास बिभाग प्रमुख नारायण रोकाले बताए ।