नेसनल माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा बैशाख १५ गते, के के छन् एजेण्डा

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा वैशाख १५ गतेका लागि बोलाएको छ । सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५् प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरु छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।
सभा प्रयोजनका लागि नेसनलले वैशाख ४ गतेदेखि बुक क्लोज गनेृ भएको हुदाँ वैशाख ३ गतेसम्म कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।