सुन तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भरहेको महासंघले जनाएको छ ।