मोरङमा तीन परीक्षा केन्द्रबाट ११६ जना नक्कली परीक्षार्थी फेला
काठमाडौं । अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) चलि रहेको छ । धेरै जस्तो ठाउँमा शान्त रुपमा परीक्षा भइरहदाँ तराईका केहि जिल्लामा कतै चिट बिगबिगी छ भने कतै नक्काली परीक्षार्थी फेला परि रहेका छन् ।
आज मोरङमा तीनवटा परीक्षा केन्द्रबाट ११६ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालयका ५२ जना, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।













