नेप्सेमा थप चार कम्पनीको २३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता (चैत १९ गतेदेखि चैत २४ गते) दुई लघुवित्त र दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा चार कम्पनीको २३ लाख ३ हजार ३४५.८५ कित्ता बोनस सूचीकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, वीन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सूचीकृत भएको हो ।
साथै, युनाइटेड इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।