राष्ट्र बैंकको निर्देशन पछि घट्यो सामुदायिक लघुवित्तको लाभांश, अब बोनस र नगद कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

राष्ट्र बैंकको निर्देशन पछि घट्यो सामुदायिक लघुवित्तको लाभांश, अब बोनस र नगद कति ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन पछि लाभांश संशोधन गरेको हो ।

अब कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत वितरण गर्ने भएको हो । यसअघि भने १० प्रतिशत बोनस ११.०५२ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्