आशा लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

आशा लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।

कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २७ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय नुवाकोटमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्