यस्तो छ जनउत्थान सामुदायिक लघुवित्तको १२औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

यस्तो छ जनउत्थान सामुदायिक लघुवित्तको १२औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा चैत २६ गते सम्पन्न भएको छ । सभा होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्