सात कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल « Arthapath.com
१२ असार २०८२, बिहीबार

सात कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको चौंथो कारोबारको दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ९२.२२ अकंले बढेर १९६३.५५ को बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ६० लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट गा्रेथ स्किम २, आर्दश लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्तको सेयरमा सर्किट लागेको छ ।

साथै, बलेफी हाईड्रपाव ९.६७ प्रतिशत, सबैको लघुवित्त ९.५३ प्रतिशत , सयपत्रि हाईड्रपावर ९.३९ प्रतिशत , खानीखोला हाईड्रपावर ९.३४ प्रतिशत, जानकी फाइन्नस ९.३२ प्रतिशत , रिभर फल्स पावर ९.२९ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्