हिमालयन एभरेष्टको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ नियुक्त, शिलवालबाट लिए पद तथा गोपनीयताको सपथ
हिमालयन एभरेष्टको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ नियुक्त, शिलवालबाट लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ पद तथा गोपनियता सपथ लिएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य शिलवालबाट उनले सपथ लिएका हुन् ।
कम्पनीको बुधवार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाले संचालक निर्विरोध चयन गरेको हो । साधारण सभा सम्पन्न भए लगतै बसेको संचालक समितिको पहिलो वैठकले संचालक समितिको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र हेम राज थापा र संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डेलाई निर्विरोध चयन गरेको थियो ।













