नेसनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख ३ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि नेसनलले वैशाख ४ गतेदेखि बुक क्लोज गनेृ भएको हुदाँ वैशाख ३ गतेसम्म कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख १५ गतेका धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आव्हान गरेको छ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरु छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।