तीन कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१२ असार २०८२, बिहीबार

तीन कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से २.८० अकंले घटेर १९३१.६८ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ३५ हजार १४१ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ६२ लाख २२ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आर्दश लघुवित्त, मोलुङ हाइड्रपावर,कालिञ्चोक दर्शनको सेयर सर्किट लागेको हो ।

साथै, तारागाउँ रेजेन्सी होटलको ६.८१ प्रतिशत,घौलागीरी लघुवित्त ५.६४ प्रतिशत, सोल्टी होटल ५.३३ प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्