यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नयाँ वर्षको सुरुवात मै बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा कारोबार रकम समेत १ अर्ब पुग्न सकेको छैन ।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता किनबेच हुदाँ ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार सोल्टी होटलको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ३ करोड ८९ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १७ लाख २० हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको २ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्