३१ श्रावण २०८३, आइतबार

महालक्ष्मी विकास बैंकले १ लाख ८५ हजार कित्ता संस्थापक सेयर किन्ने मौका, बिक्री मूल्य कति ?



काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ८५ हजार कित्ता बिक्री गर्ने भएको हो ।

सो सेयर खरिदको लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दबारमार्ग, काठमाडौंमा आएर दिन सकिन्छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।