दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.०७ अकंले घटेर १९०४.९८ को बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन,मोलुङ हाइड्रोपावरको सेयर सर्किट लागेको हो ।
साथै, सनराइज ब्लुचिप फण्डको ७.३३ प्रतिशत, जोशी हाइड्रो पावरको ६(०५ प्रतिशत,बिन्ध्यबासिनी हाइड्रोपावरको ५.५३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३.८९ प्रतिशत,ओरियन्टल होटल्स २.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
