महालक्ष्मी विकास बैंकको ऋणपत्रमा अन्तिम दिनसम्म १.५ गुणा बढीको आवेदन

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा छोटो अवधिमा नै पूर्ण बिक्री भएको छ । कम्पनीको ऋणपत्र बैशाख ४ गते अन्तिम दिनसम्म डेढ गुणाले भन्दा बढी आवेदन परेको हो ।
बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।