दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको चौथो कारोबारको दिन भने सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार कालिञ्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।
साथै, गुराँस लघुवित्तको ९.५९ प्रतिशत, एनसिसि डिबेञ्चरको ८.२१ प्रतिशत र मैलुङ पावरको ८.६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
