दुइ कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको अन्तिम कारोबारको दिन भने सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७३ अकंले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ। बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।
साथै, सनराइज ब्लुचिप फण्डको ७.०६ प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको ३.९२ प्रतिशत, एभ्रेष्ट बैंकको ३.६० प्रतिशत,धौलागिरि लघुवित्तको ३.५६ प्रतिशत, ग्रीन डेभलपमेन्टको २.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
