नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ६ सय १८ रुपैयाँका आघारमा नेप्सेमा ८.५ प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ६९ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

अब कम्पनीको सेयर आइतबार (बैशाख १० गते) देखि दोस्रो बजारमा कारोबार आउनेछ ।


प्रतिक्रिया दिनुहोस्