एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
८ बैशाख २०८०, शुक्रबार

एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २१ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि सूचना हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्