८ श्रावण २०८३, शुक्रबार

विजय लघुवित्तको सेयर खरिद गर्ने होइन त ? आजदेखि १० हजार कित्ता बिक्रीमा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी हरि प्रसाद सापकोटाले ४ हजार ५७० कित्ता र लुक बहादुर रानाले ५ हजार ४८० कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट नगपालिका ५ नवलपरासीमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्